चीनको दोस्रो खोपलाई डब्लुएचओको अनुमति : १८ वर्ष उमेर पुगेकालाई लगाइने

विश्व स्वास्थ्य संगठनले चीनको अर्को  कोरोना भ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ। डब्लुएचओले सिनोभ्याक बायोटेकको खोपलाई कोरोना महामारीमा आपतकालीन प्रयोगका लागि  अनुमति दिएको हो। 

विज्ञका अनुसार यो खोप १९ वर्षमाथिका मानिसमा लगाइनेछ। यो खोपको पहिलो र दोस्रो डोजको अन्तर २ देखि ४ हप्ताको हुनेछ। कोरोना महामारीबीच अहिलेसम्म कयौँ गरिब देशमा भ्याक्सिन पुग्न सकेको छैन। 

यस्तोमा यस निर्णयले डब्लुएचओको विश्वव्यापी भ्याक्सिन कार्यक्रम को-भ्याक्समा यस भ्याक्सिनलाई पनि समावेश गरिनेछ। यसले गरिब देशमा भ्याक्सिनको आवश्यक पूरा गर्न सहयोग मिल्नेछ।

अहिलेसम्म भारतले दक्षिणी छिमेकी भारतले कोभ्याक्समार्फत ७० देशमा भ्याक्सिन पठाएको छ। तर कोरोनाको दोस्रो लहरका कारण उसले अहिले सबै भ्याक्सिन रोकिदिएको छ। डब्लुएचओले अब भारतको विकल्पमा चीनको भ्याक्सिनबाट अहिलेको अभाव पूरा गर्नेछ।

यसअघि डब्लुएचओले चीनमा बनेको सिनोफार्मको कोभिड-१९ भ्याक्सिन बीबीआईबिपी-कोर्भलाई आपतकाली प्रयोगका लागि अनुमति दिइसकेको छ। यस भ्याक्सिनलाई चाइना नेशनल बायोटेक ग्रुप (सिएनबिजी) को सहायक कम्पनी बेइजिङ बायो-इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनी लिमिटेडले विकास गरेको हो। 

सिनोफार्मको भ्याक्सिन भारतमा बनिरहेको 'कोभ्याक्सिन' जस्तै हो। यी दुवै भ्याक्सिन इनएक्टिभेटेड प्लेटफर्ममा बनेका हुन्। राम्रो कुरा के छ भने कोभ्याक्सिन कोरोनाका कयौँ भेरियन्टविरुद्ध काम गरिरहेका छन्।



जबकि सिनोफार्मको भ्याक्सिनले नयाँ भेरियन्टमा प्रभावकारी बन्ने नबन्नेबारे केही जानकारी आएको छैन। सिनोफार्म पश्चिमी देश बाहिरको यस्तो भ्याक्सिन हो जसलाई डब्लुएचओले समर्थन गरेको छ। 



  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार २२:२४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया