काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक आज बस्दैछ । उपत्यकामा जारी निषेधाज्ञाका विषयमा थप निर्णय गर्नका लागि बैठक बस्न लागेको हो ।
हिजो मंगलबार बसेको बैठकमा गहन छलफल भएको र आजको बैठकले निषेधाज्ञाका विषयमा निर्णय गर्ने बताइएको छ । हिजोको बैठकमा अहिलेसम्मको निषेधाज्ञाको समिक्षा भएको र आगामी विकल्पको विषयमा छलफल भएको थियो ।
आज बस्ने बैठकले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको समग्र अवस्थाको विश्लेषण गर्ने र नयाँ निर्णय गर्ने तयारी छ ।
हिजोको बैठकले निषेधाज्ञाले कोरोना नियन्त्रणमा सहयोग पुगेको निष्कर्ष निकालेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
उपत्यकाका तीनवटै प्रशासनले निषेधाज्ञाको समयावधि थप गर्ने विषयमा साझा धारणा बनाएका छन् । तीनै जिल्लाका सिडियोहरु जेठ मसान्तसम्म निषेधाज्ञा लगाउने कुरामा सकारात्मक रहेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।