इङ्ग्ल्यान्डले युरो कप फुटबलका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । युरो कप फुटबलका लागि इङ्ग्ल्यान्डले २६ सदस्यीय टिमको घोषणा गरेको हो ।
इङ्ग्ल्यान्डले प्रारम्भिक चरणमा रहेका ३३ खेलाडीबाट युरो कप खेल्ने २६ सदस्यीय टिमको घोषणा गरेको हो । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले मंगलबार टिमको घोषणा गरे ।
यस पटकको युरो कप युरोपका विभिन्न ११ सहरमा हुँदैछ । युरो कप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
युरो कपमा इंग्ल्याण्ड समूह ’डी’ मा रहेको छ । उक्त समूहमा इङ्ग्ल्यान्डसँगै क्रोएसिया, स्कटल्याण्ड र चेक रिपब्लिक रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।