पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चुरेका गिट्टी बालुवा बेचेर व्यापारघाटा कसरी कम हुन्छ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
डा. भट्टराईले सामाजिक सञ्जालमार्फत चुरे क्षेत्रबाट गिट्टी बालुवा बेच्दैमा राष्ट्रको व्यापारघाटा कम हुन्छ भन्ने प्रश्न गरेका हुन् । उनले यसबाट बेरोजगारी कम हुन्छ भन्ने प्रश्न पनि सोधेका छन् ।
अहिले नेपाली समाजको बजेट विमर्शको स्तर दयनीय रहेको पनि भट्टराईले बताएका छन् । उनले सोधेका छन्, 'अल्पविकास/बेरोजगारी/परनिर्भरताको दुष्चक्रमा फसेको अर्थतन्त्रको गुणात्मक रूपान्तरण निम्ति संरचनात्मक परिवर्तनको एजेण्डा खोइ ?'
डा. भट्टराईले आजकल बजेटमा अलिकति तलबभत्ता वृद्धि भए सबै राम्रो हुने देखिएको बताए । उनले सोधेका छन्, 'अलिकति तलबभत्ता/सामाजिक सुरक्षाभत्ता बढाइदिए सबैको वाहवाही ?'
हाम्रो बजेटविमर्शको स्तर कति दयनीय: अल्पविकास/वेरोजगारी/परनिर्भरताको दुष्चक्रमा फसेको अर्थतन्त्रको गुणात्मक रूपान्तरणनिम्ति संरचनात्मक परिवर्तनको एजेण्डा खोइ?अलिकति तलबभत्ता/सामाजिक सुरक्षाभत्ता बढाइदिए सबैको वाहवाही? चुरेका गिट्टीबालुवा बेचेर व्यापारघाटा हल हुन्छ?वेरोजगारी हट्छ?
— Baburam Bhattarai (@brb1954) June 1, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।