भारतमा घट्न थाल्यो कोरोना संक्रमित र मृतकको संख्या

छिमेकी राष्ट्र भारतमा कोरोना नियन्त्रणउन्मुख देखिएको छ । पछिल्ला दिनहरुमा भारतमा नयाँ कोरोना संक्रमितको संख्या भन्दा संक्रमणमुक्त हुनेहरुको संख्या ज्यादा देखिएको छ । 

भारतमा मंगलबार १ लाख ३३ हजार ४८ जनामा नयाँ संक्रमण देखिँदा २ लाख ३१ हजार २७७ जना संक्रमणमुक्त भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

नयाँ संक्रमण घटेसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या पनि घट्न थालेको छ । मंगलबार भारतमा ३ हजार २०४ जना कोरोना संक्रमितको निधन भएको छ ।

भारतमा अहिलेसम्म २ करोड ८३ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ करोड ४१ लाख संक्रमणमुक्त भइसकेका छन् । 

अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट ३ लाख ३५ हजारभन्दा बढीको निधन भइसकेको छ । १७ लाख ९० हजार कोरोना संक्रमित अझै उपचाररत रहेका छन् । 





  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार ९:३५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया