अपांगता भएकी बालिकालाई करणी गरेको आरोपमा ६७ वर्षीया पुरुष पक्राउ

अपांगता भएकी नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इटहरी ३ का ६७ वर्षीया भगिराज दमाईलाई प्रहरीले पक्राउ गरेको छ । 

मानसिक अशक्त रहेकी हिंड्न र बोल्न समेत नसक्ने बालिकालाई करणी गरेको आरोपमा प्रहरीले बुधबार दमाईलाई पक्राउ गरेको हो ।

दमाईले सोमबार साँझ बालिकाको कोठामा कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशवकुमार कटुवालका अनुसार प्रहरीले खोजी गर्दा बुधबार इटहरीस्थित धरधरेमा लुकिरहेको अवस्थामा दमाईलाई पक्राउ गरिएको हो । 

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि बुधबार सुनसरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।

स्थानीयले देखेपछि दमाई भागेका थिए । स्थानीयले प्रहरलाई खबर गरेका थिए । पीडित बालिकाका बुवाको मृत्यु भएको छ भने आमाले समेत अर्को विवाह गरेपछि आफन्तको घरमा बस्दै आएकी थिइन् ।





  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार १६:२९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया