पाकिस्तान सरकारले चीनको सहयोगमा देशभित्रै कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएको छ। देशमै तयार तयार कोरोनाको पहिलो भ्याक्सिन निर्माणको सफलतालाई उसले 'इन्कलाब' अर्थात स्वतन्त्रता भनेको छ।
पाक भ्याक नामको यो भ्याक्सिनलाई पाकिस्तानले मंगलबार लन्च गरेको हो। पाकिस्तानका केन्द्रीय योजना मन्त्री असद उमरले यसलाई एक अहम दिन भन्दै पाकिस्तानको यो भ्याक्सिन कुनै स्वतन्त्रता या क्रान्ति भन्दा कम नभएको बताएका छन्।
उनले यसका लागि पाकिस्तानको स्वास्थ्य टोलीका साथै चीनको सहयोगप्रति आभार व्यक्त गरेका छन्। तर पनि उनले त्यसक्रममा पाकिस्तानमा अहिले भ्याक्सिन लगाइरहेका नागरिकको पहिलो रोजाई चीनमा बनेको भ्याक्सिन सिनोफार्म नै रहेको बताए। उनले पाकिस्तानीको रोजाइमा पश्चिमा भ्याक्सिन नपरेको पनि उल्लेख गरे।
असद उमरले भनेका छन्, 'यहाँका नागरिक जब भ्याक्सिन लगाउने केन्द्रमा जान्छन् तब उनीहरुलाई एस्ट्राजेनेको भ्याक्सिन लगाउनु भन्दा सिनोफार्मकै माग्छन्। उनीहरुलाई सिनोफार्मको भ्याक्सिन छैन भनेपछि अर्को कम्पनीको भ्याक्सिन नलगाई फर्किन्छन्।'
यस अवसरमा स्वास्थ्य मामिलामा प्रधानमन्त्री इमरान खानका विशेष सहायक डाक्टर फैसल सुल्तानले पाकिस्तान कठिन चुनौतीको सामना आफ्ना साथीहरुको सहयोगमा गरिरहेको पनि बताएका छन्। उनले चुनौतीलाई अवसरमा बदल्न आफूहरु सक्षम रहेको पनि बताएका छन्।
उनले पाकिस्तानको भ्याक्सिन बनाउन चीनले कच्चा पदार्थ दिएको जानकारी दिए। यदि चीनले कच्चा पदार्थ नदिएको भए भ्याक्सिन सजिलै बनाउन असम्भव रहेको तर्क उनले
डाक्टर सुल्तानले यस भ्याक्सिनको ठूलो मात्रामा उत्पादन केही दिनमै थालिने बताएका छन्। पाकिस्तानको पत्रिका डनको रिपोर्ट अनुसार पाकभ्याक भ्याक्सिनलाई चीनको सरकारी फर्मास्युटिकल कम्पनी क्यान्सिनोले विकास गरेको हो। त्यसलाई कन्सन्ट्रेटेड रूपमा पाकिस्तान ल्याइँदैछ। जहाँ यसलाई इस्लामावादस्थित नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) मा प्याकेजिङ गरिनेछ।
रिपोर्ट अनुसार क्यान्सिनोको भ्याक्सिन नै चीनको पहिलो भ्याक्सिन थियो। जसको पाकिस्तानमा क्लिनिकल परीक्षण गरिएको थियो। यो भ्याक्सिन परीक्षणका क्रममा पाकिस्तानमा १८ हजार मानिसलाई लगाइएको थियो।
डक्टर फैसल सुल्तानले मंगलवार ट्वीट गर्दै भने, 'एनआईएच माआज एक प्रक्रिया सुरु भएको छ जहाँ जहाँ भ्याक्सिनलाई मिलाइएको छ। अब यो भ्याक्सिन उत्पादन सुरु हुन्छ, यसलाई आत्मनिर्भरता हासिल गर्ने कोशेढुंगाका रुपमा हामीले लिएका छौँ।'
NIH facility inaugurated today for the formulation, fill and finish of the CanSino-Bio vaccine. Dr Aamer Ikram and his team have done a great job! This is a milestone in the journey to achieve to self-reliance pic.twitter.com/pNeCTAC1RW
— Faisal Sultan (@fslsltn) June 1, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।