प्रदेश नम्बर १ मा जेठ २४ गतेदेखि बजेट अधिवेशन सुरु हुने भएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले जेठ २४ गते प्रदेशसभाको अधिवेशन बोलाउनका लागि सिफरिस गरेको छ ।
आज बिहान बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले जेठ २४ गते प्रदेशसभाको बजेट अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
सरकारको सिफारिस अनुसार अब प्रदेश प्रमुखले जेठ २४ गते दिउँसो २ बजेका लागि प्रदेशसभाको अधिवेशन बोलाउनेछन् । प्रदेशसभाको अधिवेशन आह्वान र अन्त्य प्रदेश प्रमुखबाट हुने संवैधानिक व्यवस्था छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।