नेपाली कांग्रेसका नेता प्रदीप गिरिले घोषित समयमा महाधिवेशन गराउनका लागि पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउनुपर्ने बताएका छन् ।
बिहीबार पार्टीका युवा नेताहरुसँगको भर्चुअल संवादका क्रममा गिरिले सभापति देउवालाई दबाब दिन नसकेको भन्दै असन्तुष्टि जनाएका थिए।
उनले पार्टीभित्रका कुरा सभापतिले नसुने त्यसलाई बाहिर ल्याउन डराउन नहुने बताए । उनले भने, ‘पार्टीभित्रका कुरा पार्टीमा सुनिँदैन भने बाहिर ल्याउनुस्। तपाईंहरु कसरी युवा हुनुभयो ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।