खोप सहयोग घोषणापछि प्रधानमन्त्रीले दिए अमेरिकी राष्ट्रपतिलाई धन्यवाद

अमेरिकाले नेपाललाई कोभिडविरुद्धको ५० लाख डोज खोप दिने घोषणाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले खुसी व्यक्त गरेका छन्। नेपालसहित एसियाका विकासशील १६ राष्ट्रलाई खोप दिने अमेरिकाको घोषणाप्रति खुसी व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनलाई ओलीले धन्यवाद दिएका छन्। 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई खोप सहयोगका लागि धन्यवाद दिएका हुन्। अमेरिकाको खोप सहयोग घोषणाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने विश्वास प्रधानमन्त्रीले जनाएका छन्। 

खोपका लागि पहल गरेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि उक्त अमेरिकी सहयोगप्रति आभार व्यक्त गरेका छन्। उनले ट्विटरमार्फत खोप सहयोगका लागि अमेरिकी समकक्षी एन्थोनी ब्लिङ्केनलाई धन्यवाद दिएका छन् ।

'नेपालले महामारीसँग कठिन संघर्ष गरिरहेका बेला अमेरिकाबाट स्वागतयोग्य खबर आएको छ,' उनले भनेका छन्, 'यस सहयोगका लागि विदेश मन्त्री ब्लिङ्केन र अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्दछु।'



 



  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार २२:१५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया