उपेन्द्र यादवको साथ छाडेका दुई नेतालाई मन्त्री पद उपहार

जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह छाडेर महन्थ ठाकुर समूहमा लागेका दुईजना नेताले मन्त्री पद उपहार पाएका छन्। उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादीबाट गत निर्वाचनमा विजयी विमल श्रीवास्तव र उमाशंकर अरगिरयाले मन्त्री पद उपहार पाएका हुन्। 

गत वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा उनीहरु तटस्थ बसेका थिए। श्रीवास्तव अघिल्लो निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। फोरम नेपालबाट उठेका उनले कांग्रेसका अजयकुमार चौरसियालाई पराजित गरेका थिए। 

त्यस्तै संघीय समाजवादी फोरमबाट उठेका अरगरिया धनुषा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। उनले माओवादी नेता रामचन्द्र झा र कांग्रेसका रामकृष्ण यादवलाई पराजित गरेका थिए।

फोरमबाट विजयी नेताहरुले तत्कालीन फोरम अध्यक्ष यादवलाई छाड्दै तत्कालीन राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई साथ दिएका थिए। जसपामा पछिल्लो समय बढ्दो विवादबीच उनीहरुले आफूलाई साथ दिएपछि ठाकुरले मन्त्री पद उपहार दिएका हुन्। 





  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार १८:४९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया