उपप्रधानमन्त्री पौडेलका तीन लक्ष्य : कोरोना नियन्त्रण, आर्थिक पुनरुत्थान, निर्वाचन

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले अब तीनवटा लक्ष्य बोकेर काम गर्ने बताएका छन्। उपप्रधानमन्त्रीमा बढुवा भएपछि अर्थमन्त्रालयमा पदबहालीका क्रममा पौडेलले कोभिड-१९ विरुद्धको खोप सबै नागरिकलाई सुनिश्चित गर्नु आफ्नो पहिलो लक्ष्य रहेको बताएका छन्। 

स्वकीय सचिव याम पाण्डेका अनुसार उपप्रधानमन्त्री पौडेलले कोभिड-१९ परास्त गर्दै नेपालीको जनजीवनलाई सहज अवस्थामा फर्काउन सरकारले सबै सामर्थ्य लगाउने बताएका छन्। 

'आमनागरिकलाई कोभिड-१९ विरुद्धको खोप सुनिश्चित गर्न सरकार अब केन्द्रित हुनेछ', पदबहालीका क्रममा पौडेलले भने, 'कोभिड-१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउनेछ।'

त्यस्तै उनले कोभिड-१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थानमा पनि सरकार जोडतोडले लाग्ने बताएका छन्। 'कोभिड-१९ लाई परास्त गर्दै अर्थतन्त्र पुनरुत्थानमा लाग्ने छौँ', उनले भने, 'यससँगै पूर्व निर्धारित समयमा निर्वाचन गराउने अभिभारालाई पनि सरकारले पूरा गर्नेछ।'

दुई अस्पताललाई २ करोड ३० लाख

पदबहालीका क्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले दुईवटा अस्पताललाई २ करोड ३० लाख रुपैयाँ दिने घोषणा गरेका छन्।



उनले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान गर्न एक करोड ५५ लाख दिने निर्णयलाई स्वीकृत गरेका छन्। त्यस्तै सल्यान अस्पताललाई रोल्पा अस्पतालका लागि ७५ लाख रुपैयाँ दिने निर्णयमा पौडेलले सहमति जनाएका छन्। 



  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार २२:१७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया