संक्रमित युवतीलाई जबरजस्ती करणीको प्रयास, इन्जिनियर पक्राउ
फरकधार / २२ जेठ, २०७८
फाइल फोटो

रोल्पामा कोरोना संक्रमित एक युवतीलाई जबरजस्ती करणीको प्रयास गर्ने इन्जिनियर पक्राउ परेका छन् । 

रुन्टिगढी गाउँपालिकाको होलेरी घर भएकी कोरोना संक्रमित २० वर्षीया युवतीलाई जबरजस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनियर शेषमणि पौडेल पक्राउ परेका हुन्।

गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनियर पौडेलले आफूलाई जबरजस्ती गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय होलेरीले जानकारी दिएको छ । 

पीडित किशोरीले उजुरीमा उल्लेख गरे अनुसार कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसिरहेकी ती युवती धारामा नुहाइरहेकी थिइन् । सोही समय धारामा पुगेका इन्जिनियर पौडेलले युवतीको संवेदनशील अंगमा सुमसुम्याउँदै जबर्जस्ती करणीको प्रयास गरेका थिए । 

पौडेल पानी भर्नका लागि भन्दै धारामा पुगेका थिए । धारा एकान्त ठाउँमा भएकाले आफूमाथि उनले जबर्जस्ती करणीको प्रयास गरेको आरोप युवतीको छ । 
 

  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार १५:४०:५३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया