कपिलवस्तुमा पनि जेठ मसान्तसम्म निषेधाज्ञा जारी
फरकधार / २३ जेठ, २०७८

कपिलवस्तुमा थप निषेधाज्ञा जारी गरिएको छ । 

आइतबार जिल्ला प्रमुख अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा बसेकाे जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा जेठ मसान्तसम्म जारी गर्ने निर्णय गरेको हो । 

पाण्डेले संक्रमितकाे संख्यामा कमी नआएकाले निषेधाज्ञा जारी गरिएकाे बताएका छन् ।

यसभन्दा अगाडि जारी गरिएको निषेधाज्ञा २४ गतेकाे मध्य रातबाट सकिँदै थियो । 

कपिलवस्तुमा हालसम्म कोरोना भाइरसबाट ३ हजार १३६ जनामा संक्रमण देखिएको छ भने १६९ जनाले ज्यान गुमाएका छन् ।
 

  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार १८:४२:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया