अक्सिमिटरमा कालोबजारी गर्ने औषधि पसललाई २ लाख जरिवाना
फरकधार / २४ जेठ, २०७८

कोरोना महामारीको मौका छोपेर अक्सिमिटरमा कालोबजारी गर्ने औषधि पसललाई २ लाख जरिवाना तिराइएको छ । 

बाँकेको नेपालगन्जमा रहेको इशा मेडिकल हल नामको औषधि पसललाई कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले दिएको जानकारी दिए । 

चौलागाईंका अनुसार उक्त मेडिकल पसलले २२०० को  अक्सिमिटरलाई ३१०० मा बेच्दै आएको भेटियो ।  खरीद मूल्यमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने कानूनी व्यवस्था छ । 

  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १४:३०:३३,   अन्तिम अपडेट : जेठ २४, २०७८ साेमबार १४:३२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया