कोभ्याक्सिन र कोभिसिल्डमा एन्टिबडी बनाउन कुन बढी प्रभावकारी
सांकेतिक तस्बिर

कोरोनाभाइरसविरुद्ध कुन भ्याक्सिन अधिक प्रभावकारी होला ? कुन भ्याक्सिन लगाउँदा कोरोना संक्रमण न्यून गर्न सकिएला ? कुन भ्याक्सिनको साइड इफेक्ट थोरै होला ? कुन भ्याक्सिन लगाउँदा एन्डिबडी छिटो बन्ला ? 

कोरोनाको भ्याक्सिन लगाउनुअघि मानिसहरूका मनमा यस किसिमका थुप्रै प्रश्नहरू उठ्छन् । यसबीच अक्सफोर्ड-एस्ट्राजेनेकाको एउटा अध्ययनले कोभिसिल्डले कोभ्याक्सिनको तुलनामा अधिक एन्टिबडी बनाउने देखाएको छ। 

भ्याक्सिनको पहिलो डोजपछि भएको थियो अध्ययन

कोरोनाभाइरस भ्याक्सिन-इन्डयुस्ड एन्डिबडी टाइट्रे (कोभ्याट) का तर्फबाट गरिएको सुरुआत अध्ययनका अनुसार भ्याक्सिनको पहिलो डोज लिइसकेका मानिसमा कोभ्याक्सिनको तुलनामा कोभिसिल्ड भ्याक्सिन लगाएका मानिसमा एन्टिबडी अधिक बनेको देखिएको हो ।

यो अध्ययनमा ५५२ स्वास्थ्य स्वयंसेवकलाई समावेश गरिएको थियो । कोभिसिल्ड भ्याक्सिन लगाउने मानिसमा सिरोपोजिटिभिटी रेटदेखि एन्टिस्पाइक एन्टिबी कोभ्याक्सिनको पहिलो डोज लगाउने मानिसको तुलनामा निकै अधिक बनेको अध्ययनले दाबी गरेको छ। 

दुवै भ्याक्सिनको उचित प्रतिक्रिया



अध्ययनले कोरोनाविरुद्धको दुवै भ्याक्सिन कोभिशिल्ड र कोभ्याक्सिन दुवैले राम्रो प्रतिक्रिया देखाएको जनाएको छ। तर, सिरोपोजिभिटी रेट र एन्टी स्पाइक एन्टिबडी कोभिसिल्डमा अधिक रहेको छ। सर्भेमा समावेश ४५६ स्वास्थ्य स्वयंसेवकलाई कोभिसिल्ड र ९६ जनालाई कोभ्याक्सिनको पहिलो डोज दिइएको थियो । पहिलो डोजपछि ओभरअल सिरोपोजिटिभिटी रेट ७९.३ प्रतिशत देखिएको थियो ।

दोस्रो डोजपछि इम्युन सिस्टममा पाइनेछ अधिक जानकारी



यद्यपि अध्ययनले दुवै भ्याक्सिन लगाएका स्वास्थ्य स्वयंसेवकमा इम्युन प्रतिक्रिया राम्रो देखिएको जनाएको छ । दुवै भ्याक्सिनको दोस्रो डोज लगाएपछि इम्युन प्रक्रियाका बारेमा अझै राम्रो तरिकाले प्रकाश पार्न सकिने अध्ययनले देखाएको छ।

अध्ययनमा त्यस्ता स्वास्थ्य स्वयंसेवकलाई समावेश गरिएको थियो जसले कोभिसिल्ड र कोभ्याक्सिन दुवैमध्ये कुनै एउटा भ्याक्सिन लगाएका थिए । साथमा तीमध्ये केही यस्ता पनि थिए, जसलाई कोरोना संक्रमण भइसकेको थियो । कोही भने यो संक्रमणबाट हालसम्म जोगिएका थिए । 

एन्टिबडी के हो ?

एन्टिबडी शरीर यस्तो तत्त्व हो, जसको निर्माण हाम्रो इम्युन सिस्टमले शरीरमा भाइरसलाई बेअसर गर्नका लागि उत्पादन गर्छ । कोरोना संक्रमण भएपछि एन्टिबडी बन्नमा कतिपय अवस्थामा एक साता लाग्न सक्छ । जब कोही मानिस कोरोनाबाट संक्रमित हुन्छ तब उसको शरीरमा एन्टिबडी बन्न थाल्छ। अनि यो भाइरसविरुद्ध लड्न थाल्छ ।

कोरोनाबाट निको भएका १०० बिरामीमध्ये आमरूपमा ७०-८० जनामा एन्टिबडी बनेको हुन्छ। त्यस्ता निको भएका बिरामीमा २ साताभित्र एन्टिबडी बनिसक्छ । तर, केही बिरामीमा ठिक भएको महिनौँसम्म पनि एन्टिबडी नबन्न पनि सक्छ।

  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार १२:११:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया