अमेरिकी खोप नेपाल ल्याउने भन्ने कुरा कति सम्भव : कुन कति प्रभावकारी ?

जेठ २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले रातको ९ बजेर २४ मिनेटमा एउटा ट्विट लेखे । जसमा अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिलाई ट्याग गर्दै नेपाललाई दिने भनिएको खोपका लागि धन्यवाद व्यक्त गरेका थिए । 

नेपालमा निश्चित मात्रामा यति नै खोप आउँछ भन्ने छैन तर अमेरिकाले ७० लाख खोप संसारका विभिन्न देशमा बाँड्ने भनेको छ । जसमा नेपालको नाम पनि उल्लेख गरिएको छ । यीमध्ये कहिले कति खोप नेपालमा आउने भन्ने हालसम्म निश्चित छैन ।

यसै सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल भन्छन्, ‘नेपालमा आउने भनिएको खोप कति मात्रा र कुन खोप भन्ने निश्चित छैन । नेपालका लागि खोप सहयोग गर्न अमेरिका निवासी डाक्टर तथा नेपालीहरुले खोप ल्याउनका निम्ति लबिङ गरिरहेका कारण नेपालमा अलि बढी मात्रामा खोप आउँछ कि भन्ने आश भनेछ ।’

उनका अनुसार अमेरिकामा बसोबास गर्ने नेपाली डाक्टर तथा केही विशेषज्ञहरूले नेपाल जस्तो कम जनसंख्या भएको देशलाई खोपको मात्रा बढी दिलाउन लबिङ भइ रहेको बताएका छन् ।

कुन अमेरिकी खोप नेपालको वातावरणमा ल्याउन नसकिने र कुन खोप आउने सम्भावना बढी 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार नेपालमा आउने भनेको कोभिशिल्ड रे एस्ट्राजेनिका जस्ता खोपहरू नेपालको वातावरणमा अनुकूल हुनेछन् । अमेरिकामा रहेका मोर्डना, फाइजर जस्ता खोप भने नेपालको वातावरणमा अनुकूल नहुने बताएका छन् । त्यस्तै मोर्डना र फाइजर जस्ता खोपहरुका लागि नेपालमा कोलटेन्ट बढी चाहिने खोपहरू भने नेपाल ल्याउन नसकिने उनले बताएका छन् ।



‘नेपालको केन्द्रीय तहमा त खोपका लागि माइनस २० डिग्री सम्मको वातावरण मिलाउन सकिएला तर खोप नेपालको दुर्गम गाउँहरुसम्म पुग्ने भएकाले यसलाई प्रभावकारी रुपमा नेपालमा वितरण गर्न गाह्रो पर्ला’, उनले भने ।

नेपाल सरकारले जति सक्दो धेरै मात्रामा खोप आयातका लागि विभिन्न देशहरुसँग सहकार्य गरिरहेको उनले बताएका छन् ।



के भन्छन् त विज्ञहरु ? 
कुन खोप नेपालका लागि उपयुक्त ?

जोन्सोन्स् एन्ड जोन्सोन्स् कम्पनीद्वारा उत्पादित ‘न्यु ब्रान्सविक’ नामक कोभिड खोप  उत्पादन गरेको छ । यो खोप सिङ्गल डोज खोप हो । यदि अमेरिकाले नेपाललाई प्रदान गर्‍यो भने यो खोप नेपालको परिप्रेक्ष्यमा उपयुक्त हुने बताउँछन् जनस्वास्थ्यविद् बाबुराम मरासिनी । उनी भन्छन्, ‘नेपालमा खोप आयातमा निकै ढिला भयो ।

भारतको आश गर्नु नै सबैभन्दा ठूलो गल्ती भयो ।’ उनका अनुसार कोभिसिल्डको पहिलो मात्राको खोप वितरण दीर्घ कालीन सोच राखेर वितरण गर्नु पर्थ्यो । तर, नेपालमा यस्तो भएन । नेपालले खोप दिने बेला कति मात्रा खोप वितरण गर्दा समयमा दोस्रो मात्रा उनीहरुलाई दिन सकिन्छ भन्ने सोच्नुपर्ने उनी बताउँछन् ।

मोर्डना र फाइजर खोप भने नेपालमा सम्भव नभएको उनी बताउँछन् । माइनस ७० डिग्रीको तापक्रममा खोप स्टोर गर्ने नेपालको क्षमता नरहेको उनी बताउँछन् ।

जोन्सोन्स् एन्ड जोन्सोन्स् कम्पनीद्वारा उत्पादित ‘न्यु ब्रान्सविक’ खोपले अमेरिकामा २०२१ फेब्रुअरीमा अनुमति प्राप्त गरेको हो । मोर्डना तथा फाइजर जस्ता खोपहरू दुई डोज लगाउनु पर्छ भने यसले सिङ्गल डोज खोप निकालेको हो । यो खोप ८ देखि १० डिग्री तापक्रममा राख्ने भनिएको भएकाले यो खोप नेपालका लागि उपयुक्त हुने उनले बताए ।

हालसम्म २० लाख बढीले पहिलो चरणको खोप लगाएका छन् । जसमा १० लाख व्यक्तिले भारतबाट आयात गरिएको कोभिसिल्ड लगाएका छन् । कोभिसिल्ड नेपालमा सबैभन्दा बढी लगाइएको छ । जसमा ८ लाखले भेरोसिल्ड र ३ लाख ४८ हजारले को भ्याक्स अन्तर्गत रहेर आएको खोप लगाएका हुन् । भारतमा १ अर्ब ३० करोड मान्छेलाई लगाउने बेलासम्म नेपालमा खोप आयात निकै ढिला हुने उनी बताउँछन् ।  

जनस्वास्थ्यविद् मरासिनी भन्छन्, ‘भारतले २०२४ सम्म पनि नेपाललाई खोप निर्यात गर्नु असहज रहेको छ ।’ आफ्नै देशमा रहेका ३ देखि ४ प्रतिशत व्यक्तिलाई मात्र खोप दिएको भारतले हामीलाई खोप दिन्छ भनेर कल्पना गर्नु पनि गलत रहेको उनको भनाइ छ ।

उनी भन्छन् ‘स्वास्थ्यकर्मीले नै पहिलो डोज मात्रै लगाएका छन् । मलाई खोप चाहियो ल न कसरी मिलाउने भन्छन् ।’ कोभिसिल्ड लगाउन उनीहरु नै बाँकी रहेका छन् ।

कुन खोप कतिलाई दिने हिसाब गरेर दिनु पर्थ्यो । नेपाल सरकारले समय र खोपको मात्रा मिलाउन नसकेकाले यो समस्या आएको उनको भनाइ छ । उमेर समूह र छुटेका स्वास्थ्यकर्मीलाई कसरी खोप उपलब्ध गराउने यो कुरा सरकारले पहिल्यै सोचेर मात्रै खोप लगाउन सुरु गरेको भए अहिले समस्या नै नपर्ने उनी बताउँछन् । सरकारको रणनीति फितलो भएका कारण यो समस्या आएको उनको भनाइ छ । 

खोप कति समयसम्म प्रभावकारी ?

हरेक वर्ष नयाँ खोपको मात्रा लगाउनु पर्ने भन्ने आयो भने त झन नेपालले खोप पाउने सम्भावना नै निकै न्यून छ । किनभने हरेक एक वर्षमा मानिसको शरीरमा रहेको प्रतिरक्षा क्षमतामा ह्रास आउँछ । नयाँ भाइरसको उत्पत्ति तथा यो खोपले प्रदान गरेको प्रतिरक्षा क्षमतामा कत्तिको कमी आउँछ । यो वैज्ञानिक तथ्य आउन चारदेखि पाँच महिना लाग्ने भएकाले अझै यो कुरा प्रष्ट नरहेको उनको भनाइ छ । 

  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार १७:२३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया