चोटका कारण भान डी बिकले युरो कप गुमाउने

नेदरल्यान्डका मिडफिल्डर डोनी भान डी बिकले युरो कप गुमाउने भएका छन् । इङ्लिस क्लब म्यानेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्ने बिकले चोटका कारण युरो गुमाउने भएका हुन् ।

नेदरल्यान्ड फुटबल संघका अनुसार विक चोटसँग संघर्ष गरिरहेका छन् । त्यसैले उनले युरो कप गुमाउने पक्का भएको छ 

संघले उनको स्थानमा कुनै पनि खेलाडीलाई टिममा नबोलाउने जनाएको छ । २४ वर्षीय मिडफिल्डरले नेदरल्यान्डका लागि १९ खेल खेलेका छन् ।

जुन ११ देखि जुलाई ११ सम्म हुने प्रतियोगिताको ‘सी’ मा नेदरल्यान्ड, युक्रेन, अस्ट्रिया र उत्तरी मेसेडोनिया छन् ।

नेदरल्यान्डले जुन १३ मा युक्रेनविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । 
 





  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार १८:३८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया