एमालेको अवरोधपछि प्रदेशसभाको बैठक स्थगित
फरकधार / २५ जेठ, २०७८

एमालेको अवरोधपछि कर्णाली प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । प्रदेश सभाको आठौँ अर्थात वर्षे अधिवेशन कार्य सुचीमा प्रवेश नै गर्न नपाएर अवरुद्ध भइरहेको छ । 

फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री बनाएको भन्दै एमालेले सोमबारबाट बैठक अवरुद्ध गर्दै आएको छ । पहिलो दिन दुई पटक बसेको बैठक कार्यसूचीमा प्रदेश नै गर्न नपाई स्थगित भएको थियो भने मंगलबार सूचना टाँस गरेर स्थगित गरिएको छ । 

एमाले संसदीय दलका नेता यामलाल कँडेलले राजनीतिक अपराध गरेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै तत्काल पदबाट हटाउन माग गरेका छन् । एमालेको फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई सहयोग गरेका एमालेको माधव नेपाल पक्षका भौतिक पूर्वाधार एवम् सहरी विकास मन्त्री अम्मरबहादुर थापा तर्फ लक्षित गर्दै कँडेलले तत्काल बर्खास्त गर्न माग गरेका थिए ।

मन्त्री थापालाई जालसाजी सरकारी कागजात किर्ते मुद्दामा जेठ ३० गते सर्वोच्चमा उपस्थित हुन भनिएको छ । यस्तै प्रदेश सभाको बैठक बुधबार दिउँसो दुई बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार १९:२:१६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया