सर्लाहीमा थप निषेधाज्ञा जारी
फरकधार / २५ जेठ, २०७८

सर्लाहीमा थप निषेधाज्ञा जारी गरिएको छ ।

मंगलबार बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गते मध्यरातसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले कोरोना संक्रमण बढ्दै गएकाले निषेधाज्ञा थप गर्ने निर्णय गरिएको बताएका छन् ।

सर्लाहीमा गत वैशाख २५ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।

निषेधाज्ञामा अत्यावश्यक काम बाहेक बाहिर हिँड्न पाइने छैन । खाद्यवस्तु, दुग्ध पदार्थ, तरकारी, फलफुल लगायतका अत्यावश्यक वस्तुका पसल बिहान ७ बजेदेखि १० बजेसम्म खोल्न पाइनेछ । 

औषधि तथा स्वास्थ्य सामग्री भने चौबीसै घण्टा उपलब्ध हुनेछ ।

  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार १९:३७:३२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया