सुदूरपश्चिममा एमालेका दुई पक्षबीच कारबाहीको शृंखला
फरकधार / २५ जेठ, २०७८

सुदूरपश्चिममा एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच एक–अर्कालाई कारबाही गर्ने शृंखला चलेको छ । 

एमालेको केन्द्रले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन निर्देशन दिएको थियो । तर, त्यहाँको संसदीय दलको बहुमतले भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो । 

संसदीय दलको निर्णय नमानेको भन्दै संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली पक्षका सातजना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

उनले प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लीलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधेका हुन् । 

भोलि २६ गते ५ बजेभित्र स्पष्टीकरण नदिए वा चित्तबुझ्दो जवाफ नआए दलको विधानअनुसार कारबाही गर्ने चेतावनी समेत उनले दिएक छन् । 

त्यस्तै, एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले पनि पार्टीको निर्देशनविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका प्रदेशसभा सदस्यलाई कारबाही गर्ने चेतावनी दिएका छन् । 

पार्टीको निर्देशन उल्लंघन गर्ने प्रदेश सांसदलाई कारबाही गर्न तयारी अगाडि बढाइएको कर्णको भनाइ छ । 

  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार १९:४९:१७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया