भारतमा भेटियो नयाँ कोरोना भेरियन्ट, कति खतरनाक ?

भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट भेटिएको छ । भारतको पुणेस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीले आफ्नो एक अध्ययनमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टि गरेको हो ।

मेडिकल क्षेत्रसँग सम्बन्धित प्रिप्रिन्ट रिपोर्ट्समा प्रकाशित एक वेबसाइटमा छापिएको रिपोेर्टमा यसबारे उल्लेख गरिएको छ । बायोआरएक्सआइभीमा छापिएको रिपोर्टमा यो भेरियन्ट बेलायत र ब्राजिलबाट भारतमा आएका अन्तर्राष्ट्रिय यात्रीमा भेटिएको जनाइएको छ ।

यो रिपोर्ट सार्वजनिक भएपछि सामाजिक सन्जाल तथा भारतीय मिडियाहरुमा यसबारे निकै चिन्ता जनाइएको छ । भारतका केही रिपोर्ट्सहरुमा यो भेरियन्ट थप खतरानक भएको बताइएको छ । 

सामाजिक ससन्जालमा पनि यसलाई डेल्टा भेरियन्टसँग तुलना गरिएको छ ।

भारतकी एक चिकित्सक डा. प्रज्ञा यादवले यो पहिले नै ब्राजिलमा भेटिएको भेरियन्ट भएको बताएकी छिन् ।

कोरोनाका अन्य भेरियन्ट जस्तै यो भाइरसलाई पनि वैज्ञानिकहरुले निकै महत्वपूर्ण मानेका छन् । यसलाई डेल्टा भेरियन्ट जत्तिकै खतरनाक भएको बताइएकाले पनि यसले थप चिन्ता जन्माएको बिबिसी हिन्दीमा उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार ५:५३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया