विषालु च्याउले इलाममा दुई जनाको मृत्यु
फरकधार / २६ जेठ, २०७८

इलामको सन्दकपुर गाउँपालिकामा विषालु च्याउका कारण दुई जनाको मृत्यु भएको छ । सन्दकपुरको १ नम्बर वडामा विषालु च्याउ खाँदा दुई जनाको निधन भएको हो । 

राससको समाचार अनुसार विषालु च्याउका कारण ५० वर्षका टीकाबहादुर राई र ५२ वर्षका जीतबहादुर राईको मंगलबार निधन भएको हो ।

टीकाबहादुरको बिर्तामोडमा बिएण्डसी अस्पतालमा उपचारका क्रममा निधन भएको हो भने जीतबहादुरको आफ्नै घरमा निधन भएको हो ।

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार ६:२१:२६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया