३६ वर्षकी भइन् सोनम कपुर, ८६ किलो थियो पहिले वजन
फरकधार / २६ जेठ, २०७८

बलिउडमा अहिले निकै नाम चलेका अभिनेत्रीमध्ये एक हुन् सोनम कपुर । तर, उनको बलिउडको सुरुवाती यात्रा त्यति सुखद थिएन । सुरुमा उनी बलिउडमा आउँदा सफलता पनि उनलाई मिलेको थिएन । 

सांवरिया फिल्मबाट बलिउडमा यात्रा सुरु गरेकी सोनम सन् १९८५ मा जन्मिएकी थिइन् । उनको यो फिल्म सन् २००७ मा रिलिज भएको थियो ।

यसअघि ८६ किलो भएकी सोनमले यही फिल्मका लागि ३० किलो वजन घटाएकी थिइन् । सिंगापुरमा अभिनयको पढाइ पूरा गरेर भारत फर्किँदा उनको तौल ८६ किलो थियो ।

अभिनयमा आउनुभन्दा पहिले सोनमले सह निर्देशक भएर काम चाहिँ गरिसकेकी थिइन् । उनको पहिलो चर्चित फिल्म हो, सन् २००९ मा रिलिज भएको आइ हेट लभ स्टोरी ।

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार ६:२७:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया