नेकपा माओवादी केन्द्र सप्तरीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम विरुद्ध राजविराजमा प्रदर्शन गरेको छ ।
माओवादी केन्द्रका नेता कार्यकर्ताहरूले संसद पुनःस्थापनाको माग गर्दै सप्तरी जिल्ला अदालत अगाडि प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदमबाट लोकतन्त्रको खिल्ली उडाउँदै सरकारमा टाँसिरहन दोस्रो पटक विघटन गरेको भन्दै सर्वोच्च अदालतबाट चाँडो न्याय सम्पादन गर्न माग गर्दै प्रदर्शन गरेको बताइएको छ ।
जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संसद विघटनको सिफारिस र प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियुक्ति तथा निर्वाचनको घोषणा गरिनु संविधानको बर्खिलाप रहेको भन्दै सर्वोच्च अदालतमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमाले माधव नेपाल पक्ष, राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा दिएको मुद्दा माथि सर्वोच्च अदालतमा बहस भईरहेको छ ।
प्रदर्शनकारीहरूले राजविराज नगरमा प्रदर्शन गर्दै उच्च अदालत मुद्दाको न्याय सम्पादन अविलम्ब गर, स्वतन्त्र न्याय प्रणाली माथिको हस्तक्षेप बन्द गर, कानुनी शासनको बहाली चाँडो गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर राजविराजस्थित जिल्ला अदालत अगाडि ११ बजे देखि १ घण्टासम्म प्रदर्शन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।