सुदूरपश्चिमका भौतिक विकासमन्त्री सोडारीविरुद्ध जाहेरी दर्ता

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ ।

नेकपा एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले सोडारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बुधबार सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार कसुर शीर्षकमा मुद्दा दर्ता गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले मन्त्री सोडारीविरुद्ध जाहेरी दर्ता भएको जानकारी दिए । सोडारीले प्रदेश सचिव रावलमाथि आफ्नै कार्यकक्षमा सोमबार साँझ हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

उनले पार्टी सचिवको हैसियतमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशनात्मक पत्र बुझाउने बेला मन्त्री सोडारीले आफूमाथि हातपात गरेको दाबी गरेका छन् । मन्त्रीको सचिवालयले रावलले नै मन्त्रीमाथि दुर्व्यवहार गरेको बन्दै प्रेस विज्ञप्ति निकालेको थियो । रावल नेकपा एमाले ओली पक्षका नेता हुन् भने मन्त्री सोडारी माधव पक्षीय नेता हुन् ।





  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १९:४७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया