बाटो अनुगमन गर्ने क्रममा ढलान पाइपले लागेर गण्डकीकी उपसभामुख घाइते
फरकधार / २६ जेठ, २०७८

निर्माणाधीन ढलान बाटोको अनुगमन गर्ने क्रममा गण्डकी प्रदेशसभाकी उपसभामुख सिर्जना शर्मा घाइते भएकी छन् । 

पोखरा–२१ स्थित फोक्सिङमा ढलान बाटोको अनुगमनका क्रममा अचानक ढलान पाइप उछिट्टिएर उपसभामुख शर्मा र  उपभोक्ता समितिका अध्यक्ष गौतम रसाइलीलाई लागेको थियो । 

पाइप उछिट्टिँदा शर्मालाई सामान्य चोट लागेको छ भने रसाइलीको खुट्टा भाँचिएको छ । दुवैजनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार गरिएको छ । 

उपचारपछि उपसभामुख शर्मा घर फर्किएकी छन् भने रसाइलीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १९:५०:१४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया