जसपाले एउटा मात्रै मन्त्रालय दिने भएपछि प्रदेश २ मा माओवादी सरकारमा नजाने
फरकधार / २६ जेठ, २०७८

जसपा नेतृत्वको प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ । 

यसअघि जसपाले माओवादीलाई दुई मन्त्रालय दिने अनौपचारिक सहमति गरेको थियो । 

तर, कांग्रेससँगको सत्ता सहकार्यपछि जसपाले माओवादीलाई एउटा मन्त्रालय मात्रै दिने भनेपछि माओवादी सरकारमा नजाने भएको हो । 

कांग्रेससँग बुधबार सहमतिपछि जसपाले माओवादीसँग पनि वार्ता सुरु गरेको थियो । 

वार्तामा​ माओवादीले दुई मन्त्रालय मागेको तर जसपाले कानुन तथा प्रदेश मामिला मन्त्रालय मात्रै दिने अडान लिएपछि वार्ता भाँडिएको थियो । 

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार २१:९:३५,   अन्तिम अपडेट : जेठ २६, २०७८ बुधबार २१:१९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया