सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारी र शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् । सभामुख सापकोटाले भोलि शुक्रबारका लागि शीर्ष नेताहरुको छलफल राखेका हुन् ।
सभामुख सापकोटाले छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाएका छन् । उनले पत्र लेखेर शुक्रबार दिउँसो २ बजेका लागि प्रधानमन्त्री ओलीलाई छलफलमा बोलाएका हुन् ।
सभामुख सापकोटाले उक्त छलफलमा प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्रीहरु, संसदमा रहेमा दलहरुको शीर्ष नेतालाई बैठकमा बोलाएका छन् ।
सापकोटाले बुधबार पत्र लेख्दै बैठकमा सहभागी हुनका लागि उनीहरुलाई अनुरोध गरेका छन् । बैठकमा समग्र राजनीतिक परिवेशमा छलफल हुने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।