अरु देशका लागि अमेरिकाले ५० करोड कोरोना भ्याक्सिन किन्ने
फरकधार / २७ जेठ, २०७८

अमेरिकी मिडियाहरुका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले अबको दुई वर्षमा फाइजर कम्पनीको कोरोनाभाइरस भ्याक्सिनको ५० करोड डोज किन्ने भएको छ । यो एक सय देशका लागि दिइने जनाइएको छ ।

यीमध्ये २० करोड डोज यस वर्ष र अरु बाँकी २०२२ मा बाँडिने जनाइएको छ ।

अमेरिकाले गरिब देशहरुलाई कोरोनाविरुद्धको खोपमा सहयोग गर्नका लागि यसो गर्न लागेको जनाएको छ ।

बाइडेनले अमेरिकी राष्ट्रपतिको पदभार सम्हालेपछि बल्ल विदेशी भ्रमण सुरु गरेका छन् । उनले आफ्नो पहिलो विदेश भ्रमण बेलायतको गर्दैछन् ।

यसअघि अमेरिकाले दक्षिण एशियाली देशहरुमा कोरोनाभाइरस भ्याक्सिन बाँड्ने बताइसकेको छ । त्योमध्ये केही डोज नेपालका लागि दिइने छ ।

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार ७:३२:२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया