सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । बजेटमाथिको पूर्व छलफल सकिएपछि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।
बजेट ल्याउनुभन्दा १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी व्यवस्था भए पनि यस वर्ष केही ढिला भएको छ । प्रदेश सरकारले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
राजनीतिक उतारचढावका कारण बजेट अधिवेशन बोलाउन नै ढिलाइ गरेको सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेको थियो । त्यसै अनुसार बजेट ल्याउने प्रदेश सरकारको तयारी रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।