भारतमा संक्रमित लाख भन्दा तल झर्दा एकैदिन ६,१३८ को मृत्यु कसरी भयो ?
फरकधार / २७ जेठ, २०७८
फाइल फोटो

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा एकैदिन अहिलेसम्मकै धेरै देखिएको छ ।  बुधबार भारतमा थप ६१३८ जनाको कोरोनाबाट मृत्यु पुष्टि भयो । 

यो भारतमा एकैदिन कोरोना संक्रमणबाट मृत्यु भएको संख्या अहिलेसम्म धेरै हो । पछिल्लो २४ घण्टामा भारतका नयाँ संक्रमित ९३ हजार ८२८ संक्रमित थपिएका छन् । करिब १ लाख ४९ हजार संक्रमित कोरोनामुक्त भएका छन् । 

भारतमा गत मे ६ मा सबैभन्दा धेरै ४ लाख १४ हजारभन्दा धेरै संक्रमित थपिएका थियो । सो दिन त्यहाँ ३९१५ संक्रमितको मृत्यु भएको थियो ।

संक्रमण पिक अवस्थामा पुगेको भन्दा अहिले संक्रमितको संख्या ४ गुणा कम भएका बेला मृत्यु हुनेको उच्च संख्या कसरी भयो त ? 

भारतीय मिडियामा आएका खबर अनुसार बिहारमा केही दिनदेखि मृत्यु भएकाको एकमुष्ट संख्या बुधबारको आँकडामा थपिएकाले धेरै संख्या देखिएको हो । 

बाहिरबाहेक बुधबार देशभर २१८७  जनाको कोरोनाबाट मृत्यु भएको छ । यो संख्यामा बिहारको केही दिनदेखि अपडेट नगरिएको ३९५१ मृत्यु थपिएको हो । 

अहिलेसम्म भारतमा कोरोनाबाट मृत्य हुनेको संख्या ३ लाख ५९ हजार भन्दा धेरै पुगेको छ । 

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १०:२७:०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया