प्रदेश २ सरकारको नीति तथा कार्यक्रम आज
फरकधार / २७ जेठ, २०७८

 प्रदेश २ सरकारले आज नीति तथा कार्यक्रम ल्याउन लागेको छ । आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. राजेश झा अहिराजले आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

नीति तथा कार्यक्रमका लागि समयमै उपस्थित हुन सभामुख सरोज कुमार यादवले मंगलबार नै प्रदेशसभा बैठकमा पूर्व सूचना पढेर सुनाएका थिए ।

नीति तथा कार्यक्रम पछि प्रि–बजेट छलफल गर्ने परम्परा भएपनि कोरोना महामारीका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रमलाई पछाडि धकेलिएको संसद सचिवालय स्रोतले जनाएको छ ।

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १०:५४:४८,   अन्तिम अपडेट : जेठ २७, २०७८ बिहीबार १०:५५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया