लक्षित समूह भन्दा बाहिरका व्यक्तिले खोप लगाए कारबाही हुने
फरकधार / २७ जेठ, २०७८
फाइल फोटो

चीन सरकारले दोस्रो पटक अनुदानमा दिएको कोरोना खोप मंगलबारदेखि देशभर लगाउन सुरु गरिएको छ । 

काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्षसम्मका र उपत्यका बाहिर ६२ देखि ६४ वर्षसम्मका जेष्ठ नागरिकलाई खोप लगाउन भनिएको छ ।

सुदूरपश्चिमको कञ्चनपुर जिल्लामा लक्षित उमेर समूहका बाहेकले खोप लगाएका कारबाही गरिने भएको छ । 

भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका बाहेककाले लगाएको गुनासो आएपछि यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जिल्ला स्वास्थ्य कार्यालयलाई लक्षित समूहबाहेक अन्य खोप लगाउने व्यक्ति, खोप केन्द्र र केन्द्रका स्वास्थ्यकर्मीको विवरण प्रशासन कार्यालयमा पठाउन निर्देशन दिएका छन् । 

सो विवरण अनुसार छानबिन गरी कारबाही गरिने प्रजिअ महतोले बताएका छन् । ज्येष्ठ नागरिकसँगै छुटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, मेडिकल कलेजका विद्यार्थीलाई समेत खोप लगाइने भएपछि गैर लक्षित समूहका व्यक्ति पनि खोप लगाउन पुगेका छन् ।

गैरलक्षित समूहका व्यक्तिका कारण ज्येष्ठ नागरिक खोप केन्द्रमा खोप लगाउन असहज अवस्था देखिएको छ । लक्षित समूहका व्यक्तिसँगै उनीहरुका आफन्त पनि केन्द्रमा आउँदा समस्या देखिएको स्वास्थ्यकर्मीहरुको भनाइ छ । 

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार ११:५८:१६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया