‘माया मारेको मान्छे’ गृहमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै कास्कीका नेता खगराज अधिकारीलाई गृह मन्त्रालयको जिम्मेवारी दिने भएका छन् । अधिकारी विद्यार्थी कालदेखि नै कम्युनिस्ट राजनीतिमा होमिएका नेता हुन् ।

पछिल्लो समय नेकपा विवाद तथा एमाले विवादमा प्रधानमन्त्री ओलीलाई समर्थन गर्दै आएका अधिकारीले यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

२०१८ साल चैत २५ गते कास्कीमा जन्मिएका अधिकारीले कास्कीको स्कुले जीवनदेखि नै पार्टीमा काम गरेका थिए । 

अधिकारी २०६४ सालको संविधान सभा निर्वाचनमा पराजित भएका थिए । पछि उनले २०७० सालको चुनावमा टिकट नै पाएनन् । 

त्यति बेला सुशील कोइरालाको नेतृत्वमा बनेको सरकारमा अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए ।

२०७४ सालमा कास्कीबाट चुनाव जितेपछि अधिकारी एमालेको प्रमुख सचेतक बनेका थिए । तर, पछि एमाले र माओवादी केन्द्र एकतापछि अधिकारी हटेर नेकपाको प्रमुख सचेतक देव गुरुङ बने ।



लामो समयदेखि ओलीलाई समर्थन र सहयोग गर्दै आएका अधिकारीले ‘माया मारेको मान्छे’ संस्मरण लेखेका छन् ।

त्यसमा उनले आफू राजनीतिमा आउनुको कारणबारे पनि खुलाएका छन् । संस्मरणमा अधिकारीले लेखेका छन्, ‘सबै भ्रान्तिलाई जितेर मैले नवौ“ वर्षमा पाइला टेके“ । म नौ वर्ष पुगेको दिन म जति खुशी भएको थिएँ, बाआमाको अनुहारमा पनि त्यति नै उज्यालो छाएको थियो । आठ वर्षभन्दा बढी नबाँच्ने विश्वास लिइएको मैले आयुलाई जितेको थिएँ । केही दिनमै मलाई छरछिमेकले पनि माया गर्न थाले । छिमेकका दाजुभाइहरुले सँगै खेलाउन थाले । ममाथि जताततैबाट अचानक माया र स्नेह वर्षिन थाल्यो ।’



उनले २०३३ सालमा पुष्पलाल समूहको सदस्यता लिएर राजनीति सुरु गरेका हुुन् ।

आफू राजनीतिमा लाग्नुको कारणबारे अधिकारीले बताएका छन्–

२०३२ सालमा पोखराको अमरसिंह माविमा म आठ कक्षामा भर्ना भएँ । जेठा दाइ रूद्रनाथ बीएड पढ्नुहुन्थ्यो । रामघाटमा डेरा गरी बस्नुहुन्थ्यो । म पनि उहाँसँगै बस्न थाले“ । त्यति बेला भारतले सिक्किम विलय ग¥यो । भारतको घटना भए पनि नेपालमा त्यसबारे व्यापक बहस शुरु भयो । सिक्किम विलयले नेपालीलाई र पोखराबासीलाई पनि आन्दोलित बनायो । चोकचोकमा विरोध ¥याली निकालिए; वाल पेन्टिङ गरिए । राता अक्षरमा लेखिएका नाराले शरीरमा रगत उमाल्थे र कम्पन पैदा गरिदिन्थे । पर्खालहरुमा लेखिएका नारा राष्ट्रियता सम्बन्धी हुन्थे । आन्दोलनमा उत्रिएका मानिसहरुलाई प्रहरीले पक्रन शुरु गरिसकेको थियो । 

मलाई त्यो माहौलले छोपिसकेको थियो । आन्दोलनमा सहभागी हुन म कहिले स्कुल ड्रेसमै पुग्थे“ भने कहिले भोकै दिनभर जुलुसमा सहभागी हुन्थे“ । जिन्दावाद र मुर्दावादका नाराहरुले मेरो शरीरमा नयाँ जोश उत्पन्न गराइदिन्थे । जीवनमा अमरत्व प्राप्त गर्नुपर्छ भन्ने मैले बुझिसकेको थिएँ । सात सालमा देशमा प्रजातन्त्र ल्याउन ज्यान गुमाएका शहीदहरुबारे स्कुलमा पढेको थिएँ । आन्दोलन शुरु भएपछि उनीहरुले गरेका आन्दोलनको अनुमान गर्न थाले“ ।

जीवनमा केही गर्नुपर्छ भन्ने लागेकाले नै म थोरै बुझेर, धेरै नबुझेर आन्दोलनमा जान थाले“ । नौ कक्षा पढ्दा म पञ्चायत व्यवस्थाविरूद्धको आन्दोलनमा सहभागी हुने क्रममा पहिलो पटक पक्राउ परे“ । तर, 

मलाई अञ्चलाधीश शङ्करराज पाठकले फुच्चे छ भन्दै रिहा गर्ने आदेश दिए । खासमा म राजाका जन्मोत्सवमा भाषण गर्थें; राष्ट्रियस्तरका निबन्ध प्रतियोगिता, कविता प्रतियोगितामा भाग लिन्थे“ । त्यसैको छाप पाठकलाई परेको रहेछ ।

हामी जिल्ला पञ्चायतका सभापति अमरबहादुर कार्कीको घरमा बस्थ्यौ“ । दाइले उनका दुई छोरा वीरेन्द्र र महेन्द्रलाई ट्युसन पढाउनुहुन्थ्यो । मैले पनि उनीहरुलाई गणित र विज्ञान पढाउँथे“ । दाइले उनीहरुले पकाएको नखाने भएकाले हाम्रो छुट्टै भान्सा थियो । हाम्रो चुलो बाख्राको खोरनजिकै थियो । खाना पकाउँदा नमीठो गन्ध आउँथ्यो । मलाई त्यहाँ बस्न पटक्कै मन थिएन । दाइ बीएड सकेर गाउँ फर्किनुभयो । उहाँ फर्किएपछि मलाई झन् गाह्रो भयो; एक्लै भएपछि म त्यो घर छाडिदिएँ ।

२०३३ सालसम्ममा मैले देशको राजनीतिक माहौल बुझिसकेको थिएँ । उमेर पुगेकाले त्यही वर्ष पुष्पलाल समूहले मलाई पार्टी सदस्यता दियो । पार्टी सदस्यता लिँदा प्रशिक्षण पनि दिइयो । प्रशिक्षणमा सहभागी भएपछि ममा विभेदका विरूद्ध लड्ने आँट र साहस बढ्यो । गाउँ जाँदा ससाना विभेदविरूद्ध पनि लड्नुपर्छ भन्ने थाहा भयो । बिदामा घर जाँदा गाईवस्तु हेर्न जान्थे“ । मान्यजनलाई भेट्दा खुट्टामा ढोग्ने मैले उहाँहरुले मलाई हेपेर गराएका काम भने गर्न छाडिदिएँ । मानिस भएर जन्मिएपछि सबै जना बराबर हुन्छन्, मानिसका विभिन्न अधिकार हुन्छन् भन्ने मैले बुझिसकेको थिएँ । सरकारले भने हामीलाई अधिकार दिएको थिएन । सरकारले अधिकारबाट वञ्चित गर्नु भनेको स्वतन्त्र नहुनु हो भन्ने थाहा पाएपछि ममा स्वतन्त्र हुने इच्छा प्रगाढ रुपमा बढ्यो ।

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १३:४५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया