माओवादीबाट कारबाहीमा परेकी ज्वालालाई ओलीले दिए मन्त्रीको उपहार

नेकपा माओवादी केन्द्रबाट कारबाहीमा परेकी ज्वाला कुमारी साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्र सरकारमा मन्त्री बनाएका छन् । 

प्रधानमन्त्री ओलीले साहलाई समेटेर बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । विस्तारित मन्त्रिपरिषदमा ओलीले ज्वालालाई कृषि मन्त्रालयको जिम्मेवारी दिएका छन् । 

ज्वाला केही महिना अघिमात्रै प्रचण्डको साथ छाडेर ओली समूहमा लागेकी थिइन् ।

उनी गत प्रदेशसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट बारा क्षेत्र नम्बर ३ को (क) बाट निर्वाचित भएकी थिइन् ।

नेकपा माओवादी केन्द्रले गत चैत ३० गते प्रदेश २ का ४ जना सांसदलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।

माओवादी केन्द्रले प्रदेश सभा सदस्यहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा, ज्वाला कुमारी साह र मोहम्मद समीरलाई कारबाही स्वरुप पदमुक्त गरेको थियो ।



नेकपा एमालेमा लागेपछि चारै जनालाई पार्टीको केन्द्रीय समितिले स्पष्टीकरण सोधेको थियो । २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिए पनि उनीहरुले स्पष्टीकरण नदिएपछि पदमुक्त गरिएको थियो ।

नेकपा एमालेमा लागेपछि ज्वालालाई पार्टीले प्रदेश २ को अध्यक्ष तथा बारा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको थियो ।



  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १३:४६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया