दीपक मनाङे गएनन् प्रदेश सभामा, कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने
फरकधार / २७ जेठ, २०७८

गण्डकी प्रदेशसभा ३० मिनेटका लागि स्थगित गरिएको छ । 

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित गरिएको हो ।

प्रदेशको आजको बैठकमा गुरुङले विश्वासको मत पाउने सम्भावना अत्यन्त कम छ । उनले नै खेलकुदमन्त्री बनाएका राजीव गुरुङ उर्फ दीपक मनाङेले नै प्रदेशसभा बैठकमा सहभागी जनाएका छैनन् ।

यसअघि नै मनाङले आफूले कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनलाई सहयोग गर्ने बताएका थिए ।

उनलाई कांग्रेसले सरकारमा गएलगत्तै मन्त्री पद दिने सम्झौता भएको कांग्रेसका एक नेताले फरकधारलाई बताए ।

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १५:४३:२२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया