सकिल हलवाईको परिवारलाई सहयोग
फरकधार / २७ जेठ, २०७८

भारत्तोलनका प्रशिक्षक स्व. सकिल हलवाईका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । भारत्तोलनका प्रशिक्षक तथा खेलाडी परिवारले रकम संकलन गरी स्व. हलवाईका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो । त्यसका लागि ललितपुर जिल्ला भारत्तोलनका संघका उपाध्यक्ष राजीव खड्गीले पहल गरेका थिए ।

हलवाईको गत वैशाख २३ गते कोरोना भाइरसका कारण निधन भएको थियो । स्व. हलवाई नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली भारत्तोलनका टिमको प्रशिक्षक मध्ये एक हुन् ।

स्व. हलवाईका परिवारलाई ३६ हजार नगद प्रदान गरिएको उपाध्यक्ष खड्गीले जनाएका छन् । त्यस्तै भारत्तोलनका पहिलो पुस्ताका खेलाडी मध्येका एक स्व. नवराज कैनीको परिवारलाई पनि आर्थिक सहयोग प्रदान गरिएको उपाध्यक्ष खड्गीले जानकारी गराए ।

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १५:५९:१४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया