गण्डकी प्रदेशः दीपक मनाङेलाई गृहमन्त्री बनाइने चर्चा

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन आज बोलाएको प्रदेश सभा बैठक अहिले केहीबेरका लागि स्थगित गरिएको छ ।

नेकपा (एमाले)सँग २७ सिट मात्र भएकाले र अरु सबै दलले विपक्षी गठबन्धन बनाएकाले गुरुङले विश्वासको मत पाउन सक्ने सम्भावना कम छ । गण्डकीमा विश्वासको मत पाउन उनले ३१ सांसदको मत पाउनु पर्ने हुन्छ ।

तर, २७ जनामध्ये नै गनिएका राजीव गुरुङ उर्फ दीपक मनाङेले पनि गुरुङलाई समर्थन नगर्ने जनाइसकेका छन् ।

अर्कोतिर राजीव गुरुङले कांग्रेसको नेतृत्वमा बन्ने विपक्षीहरुलाई सघाउने भएका छन् । यसका लागि उनलाई नै प्रदेशको मुख्यमन्त्री बनाउने समेत तयारी भएको चर्चा चल्न थालेको छ ।

‘एउटा मन्त्री बनाउने भन्ने निश्चित भएको हो,’ कांग्रेसका एक नेताले फरकधारलाई भने, ‘गृहमन्त्री उहाँको दाबी हो, कुन मन्त्रालय भन्ने चाहिँ एकिन भइसकेको छैन ।’





  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १६:०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया