गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
फरकधार / २७ जेठ, २०७८

वरिष्ठ गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमणपछि दुई साता अस्पतालमा उपचार गराएर उनी बिहीबार डिस्चार्ज भएका हुन् । 

गम्भीर स्वास्थ्य समस्यापछि श्रेष्ठलाई आइसियूमा राखेर उपचार गरिएको थियो। श्रेष्ठको ह्याम्स अस्पतालमा उपचार भएको थियो।

श्रेष्ठ निर्णायक रहेको गायन रियालिटी सो द भ्वाइस अफ नेपालको प्रसारण एक साता रोकिएको थियो । 

सोही रियालिटी सोका अर्का निर्णायक प्रमोद खरेल पनि कोरोना संक्रमण भएर निको भएका छन्।

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १७:१०:३५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया