म्यानमारमा सैन्य विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु
फरकधार / २७ जेठ, २०७८

म्यानमारमा सैन्य विमान दुर्घटना हुँदा करिब १२ जनाको मृत्यु भएको छ । दुर्घटना म्यानमारको दोस्रो ठुलो सहर मन्डलेमामा भएको थियो ।

बिहीबार विमान राजधानीबाट पायिन ओओ ल्विन सहरतर्फ गइरहेको थियो । विमान ल्यान्ड गर्ने बेलामा दुर्घटना भएको हो ।

सैन्य अधिकारीले खराब मौसमका कारण कम्युनिकेसन नहुँदा दुर्घटना भएको बताएका छन् । विमानमा ५ सैन्य अधिकारीका साथमा केही भिक्षु सवार थिए ।

दुर्घटनामा परी म्यानमारका सबैभन्दा प्रभावशाली भिक्षु अब-हिशेका महा रत्था गुरु भाटन्ड कभिसराको मृत्यु भएको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १७:२५:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया