मदिरा सेवन गरी डाक्टरमाथि हातपात
फरकधार / २७ जेठ, २०७८

कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । डाक्टरहरू शंकरप्रसाद रिजाल, दायव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि हातपात भएको हो । 

बिहीबार साँझ ६ बजेतिर अपरिचित युवाहरूको समूहले हातपात गरेको हो । हातपातबाट डाक्टरहरू सामान्य घाइते भएका छन्  । घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 
घटनामा संलग्न सुर्खेतको वीरेन्द्रनगर स्थित भैरवस्थानका र मुलपानीका १६ वर्षीय दुई किशाेर र कोडडाँडाका १७ वर्षीय किशाेरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । 

‘घटना हेर्दा किशाेरहरूले मदिरा सेवन गरी एक्कासि हातपात गरेको पाइएको छ,’ डिएसपी घर्तीले भने, ‘घटना के कति कारणले भएको अनुसन्धान भइरहेको छ ।’ 
 

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १९:४८:५६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया