सरकारले खोप उपलब्ध गराउन नसकेपछि काठमाडौंको खोप कार्यक्रम स्थगित
फरकधार / २७ जेठ, २०७८

सरकारले खोप दिन नसकेपछि काठमाडौं महानगरको खोप कार्यक्रम स्थगित भएको छ । महानगरले पाँच दिनमा एकलाख जनालाई खोप लगाउन लक्ष्य लिएको थियो। 

महानगरले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन ३२ स्थानमा खोप केन्द्र तोकेको थियो । 

खोप अभियानमा दैनिक २० हजारले खोप लगाउने लक्ष्य राखे पनि दुई दिनमा १८ हजार १ सय १३ जनाले मात्रै खोप लगाए ।  

स्वास्थ्य मन्त्रालयको खोप महाशाखाले महानगरलाई भोलिबाट खोप उपलब्ध गराउन नसक्ने जानकारी दिएपछि सो कार्यक्रम स्थगित गरिएको छ ।

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार २०:४५:१४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया