सर्वोच्च अदालतले एमालेलाई २ जेठ ०७५ मा फर्काइदियो
फरकधार / २७ जेठ, २०७८

सर्वोच्च अदालतले नेकपा एमालेलाई २ जेठ ०७५ मा फर्काइदिएको छ । सर्वोच्चले दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेसँगै एमाले पुरानो अवस्थामा पुगेको हो । 

यसअघि एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूह र वामदेव गौतमलगायतले पार्टीलाई ०७५ जेठ २ मा फर्काउन माग गर्दै आएका थिए । 

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीको रुपमा वैधानिकता दिन अस्वीकार गरेको हो । सोही इजलाशले प्रकाश ज्वालासहित कर्णाली प्रदेशसभाका चार सदस्यको कारबाही बदर गरेको थियो । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा महाधिवेशन आयोजक समितिमार्फत उनीहरुलाई कारबाही गरेका थिए । ७ चैतमा बसेको ओली पक्षीय नेता केन्द्रीय सदस्यको बैठकले सो कारबाही अनुमोदन गरेको थियो ।

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार २०:५७:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया