नयाँ मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन : इमानसाथ काम गर्नू, जिम्मेवारी नभुल्नू
फरकधार / २७ जेठ, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरुलाई इमानका साथ काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्। बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा ओलीले जिम्मेवारीका र इमानमा साथ काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिएपछि पहिलो बैठक बसेको हो। 

राष्ट्रपतिले नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप आठजना थपेपछि मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ।

यही जेठ ८ गते प्रतिनिधिसभा विघटनपछि दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार भएको हो। यसअघि जेठ २१ गते जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहका ८ जना मन्त्री र २ जना राज्यमन्त्री थपिएका थिए। त्यसबेला एमालेका चारजना बाहेक अरु सबै मन्त्री हटेका थिए। आज विस्तारित मन्त्रिपरिषद्‍मा रक्षा मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले राखेका छन्। 

गृहमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारदमुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाँले नियुक्ति पाएका छन्। 

प्रधानमन्त्रीले आशा कुमारी विकलाई वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्रीमा नियुक्त गरेका छन्। 

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार २१:५१:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया