युरो कप फुटबल आजदेखि, उद्घाटनमा इटाली र टर्की भिड्दै

यस वर्षको युरो कप फुटबल आजदेखि सुरु हुँदैछ । १६औँ संस्करणको युरो कप फुटबल आजदेखि सुरु हुन लागेको हो । 

प्रतियोगिताको उद्घाटन नेपाली समयअनुसार आज राति पौने १ बजे इटालीको रोममा हुनेछ । जहाँ प्रतियोगिताको पहिलो खेलमा इटाली र टर्की भिड्दैछन् । 

रोमको ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । विश्व फुटबलमा बलियो रहेको इटालीसँग टर्कीले उसकै मैदानमा खेल्न लागेको हो ।

१६औँ संस्करणको युरो कप यसपटक युरोपको विभिन्न देशको ११ सहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ सहरमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले युरो कप लण्डन, आम्स्टरडम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सबर्गमा आयोजना हुने जनाएको छ ।

जुलाई ११ मा सकिने युरो कपमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली रंगशालामा हुनेछ ।





  • प्रकाशित मिति : जेठ २८, २०७८ शुक्रबार ७:५७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया