कञ्चनपुरमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार
सांकेतिक तस्बिर

कञ्चनपुरमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको हो ।

धरमपुरस्थित मुक्तकमैया शिविरकी ती किशोरीमाथि बलात्कार भएको हो । किशोरीमाथि हिजो बिहीबार सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

नसालु पदार्थ खुवाएर स्थानीय दुई युवाले उनलाई सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले जानकारी दिए ।

बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय धन बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक युवा फरार रहेका थापाले बताए । 

‘घटनामा दुई जनाको संलग्नता रहेको खुलेको छ । एक जनालाई नियन्त्रणमा लिएका छौँ’, डिएसपी थापाले भने, ‘अर्का आरोपीको खोजी भइरहेको छ ।’

घटनाको थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए । बलात्कारमा परेकी युवती शारीरिक रुपमा अशक्त छिन् ।





  • प्रकाशित मिति : जेठ २८, २०७८ शुक्रबार ९:१५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया