साञ्चोलाई किन्ने म्यानचेस्टर युनाइटेडको प्रस्ताव डर्टमण्डद्वारा अस्विकार

जर्मन क्लब बोरुसिया डर्टमण्डले आफ्नो विंगर जाडोन साञ्चोलाई किन्ने म्यानचेस्टर युनाइटेडको प्रस्तावलाई अस्विकार गरेको छ ।

साञ्चोका लागि प्रिमियर लिग क्लब युनाइटेडले गरेको ६७ मिलियन पाउन्डको प्रस्ताव डर्टमण्डले अस्विकार गरेको हो ।

डर्टमण्डले साञ्चोका लागि ७७.५ मिलियन पाउन्डको प्रस्ताव राखेको छ । यस्तै युनाइटेड लिगको शीर्ष स्थानमा रहे थप ४.२५ मिलियन पाउन्ड बोनस पाउनु पर्ने उसको सर्त छ ।

बिबिसीका अनुसार यो खासै ठूलो रकम होइन । युनाइटेडले ५ वर्षमा यो रकम भुक्तान गर्ने प्रस्ताव राखे पनि डर्टमण्ड ४ वर्षको समय दिन तयार छ ।

गत वर्ष नै युनाइटेडले २१ वर्षीय इङ्ग्लिस खेलाडी साञ्चोलाई भित्र्याउने प्रयास गरेको थियो । तर, अन्त्यमा उनी डर्टमण्डमै बसेका थिए ।

डर्टमण्डले इर्लिङ हल्यान्ड, जुडे बेलिङ्घम जस्ता युवा खेलाडीलाई क्लबमै राख्ने योजना सहित सञ्चोलाई सम्झौता सकिनु भन्दा २ वर्षअघि नै बिक्री गर्न चाहेको हो ।



साञ्चो र डर्टमण्ड बीचको सम्झौता २०२३ को जुन अन्त्यसम्म छ ।



  • प्रकाशित मिति : जेठ २८, २०७८ शुक्रबार ११:१७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया