नरोत्तम वैद्यलाई हदैसम्मको कारवाही हुनुपर्छ : सांसद शाक्य

बागमती प्रदेशसभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै सत्ता पक्षका सांसदहरुले हदैसम्मको कारवाही माग गरेका छन् । 

कारबाही माग गर्ने सांसदहरुमा डाक्टर अजयक्रान्ति शाक्यलगायत छन् । ‘आजको बैठकमा प्रदेश सांसद वैद्यले देशको कार्यकारी प्रमुखलाई संसदीय मर्यादाको समेत ख्याल नगरी दिएको अभिव्यक्ति खेदजनक छ,’ प्रदेश सांसद शाक्यले भने, ‘महात्मा गान्धीका हत्यारा नाथुराम विनायक गोड्से उदाहरण दिँदै उहाँले देशको प्रधानमन्त्रीको हत्या गर्न तयार छु भन्नु क्षमा गर्न योग्य छैन। उहाँलाई हदैसम्मको कारबाही माग गर्छौँ ।’  

प्रदेशसभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे बहसमा वैद्यले छलफलभन्दा बाहिरको विषय उठान गर्दै कार्यकारी प्रमुखकै हत्या गर्ने अभिव्यक्ति अराजकताको पराकाष्टा भएको शाक्यले बताएका छन्। 

‘प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सांसद वैद्यको अभिव्यक्ति या पार्टीकै हो प्रष्ट पर्नुपर्छ,’ शाक्यले भने, ‘सांसद वैद्यले ‘महात्मा गान्धीको हत्यारा नाथुराम विनायक गोड्से बन्न कोही तयार छैन भने म बन्छ’ भनी दिएको अभिव्यक्ति भर्त्सनायोग्य छ।’ 

सांसद वैद्यले प्रधानमन्त्रीले आफ्नो सत्ता बचाउन विभिन्न किसिमको षडयन्त्र गरिरहेको भन्दै नेपालको अहिलेको परिपेक्षमा नाथुराम गोड्से बन्नुपर्ने अभिव्यक्ति दिएका थिए।

‘नेपालको अहिलेको परिपेक्षमा खड्क ओलीलाई यसरी नै छाड्ने हो भने नेपाल खाइदिन्छ है, खाइदिन्छ है,’ वैद्यले भनेका थिए, ‘त्यसैले मेरो आग्रह चाँहि कोही नाथुराम गोड्से आवश्यक पर्यो अब, यो देश बचाउन कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्छु।’





  • प्रकाशित मिति : जेठ २८, २०७८ शुक्रबार २२:२१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया