नरोत्तम वैद्यलाई अभिव्यक्ति फिर्ता लिन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले पार्टीका तर्फबाट बागमती प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई प्रदेशसभामा दिएको अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको छ । 

प्रदेश सांसद वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्नुपर्ने र कोही तयार नभए आफू तयार रहेको आशयको अभिव्यक्ति दिएपछि पार्टीले उनलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिनका लागि निर्देशन दिएको हो । 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै पार्टी प्रदेश सांसद वैद्यलाई अभिव्यक्ति फिर्ता लिएर अबदेखि आफ्नो बोलीमा सचेत रहन निर्देशन दिएको जानकारी दिएका छन् । 






  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार १०:५९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया